+
Search

ताजा अपडेट +

पपुलर +

मंसिर महिनामा काठमाडौं महानगरमा १ लाख १९ हजारले बुझाए कर

4KNationalDaily
२०८० पुष २४, मंगलवार ११:३५ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकामा गएको मंसिर मसान्तसम्ममा १ लाख १९ हजार ४५९ जना करदाताले कर बुझाएका छन्।

करबाट मंसिर महिनामा मात्रै २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।

मंसिरमा ३५ हजार ५७ जनाले घर बहाल कर, ३१ हजार ९१६ जनाले व्यवसाय कर र ५२ हजार ४८६ जनाले सम्पत्ति कर बुझाएका हुन्।

यस बर्ष महानगरपालिकामा करदाताको संख्या ३ लाख ४३ हजार ६४० पुगेको छ।

गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ।

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily