+
Search

ताजा अपडेट +

पपुलर +

फेरि २ सयले घट्याे सुनको मूल्य, कतिमा हुदैंछ काराेबार !

4KNationalDaily
२०८० पुष २४, मंगलवार १२:३२ बजे

काठमाडौं- सुनको कारोबार मूल्यमा मंगलबार २ सय रुपैयाँ घटेको छ। चार दिनदेखि स्थिरतापछि घट्न सुरु भएको सुनको मूल्य सोमबार तोलामा ७ सय घटेको थियो।

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार १ लाख १८ हजार ८ सय रुपैयाँ थियो। चार दिनअघि कायम तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा गत आइतबारसम्म कारोबार भएको थियो। अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ घटेर यो मूल्य गत बिहीबार उक्त मूल्य निर्धारण भएको थियो।

चाँदीको कारोबार मूल्य सोमबार कायम प्रति तोला १४ सय १५ रुपैयाँमा मंगलबार स्थिर छ। यसअघि बितेका चार दिन सोमबारसम्म तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा ठूलो अंकको घटबढको क्रम सुस्त छ। मंगलबार सुन प्रति औंस २०३२.१३ डलरले कारोबार भइरहेको छ। सोमबार २०३१.८ डलर थियो भने आइतबार २०४५.५७ डलर थियो।

चाँदीमा पनि झिनो बढोत्तरी छ। मंगलबार प्रति औंस २३.०९ डलरले कारोबार भइरहेको छ। आइतबार २३.१९ डलर रहेकोमा घटेर सोमबार २२.९९ डलर भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily