काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।
अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको हाे ।
महानगरले अहिले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको भन्दै उनलाई नै अधिकारीले चढिरहेको गाडी दिएको महानगर स्रोतले बताएको छ ।
महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए ।
सोमबार मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको राष्ट्रिय सभास्थित कार्यालयमा ताला लगाएको थियो ।
प्रतिक्रिया