+
Search

ताजा अपडेट +

पपुलर +

क्रिकेटर सन्दीपलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद, ३ लाख जरिवाना, २ लाख क्षतिपूर्ति

4KNationalDaily
२०८० पुष २५, बुधबार २१:३९ बजे

काठमाडौं– बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ३ लाख जरिवाना तोक्नुका साथै पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि बुधबार आदेश दिएको छ।

बलात्कार मुद्दामा सन्दीपलाई अदालतले पुस १३ गते दोषी ठहर गरेको थियो। बलात्कार आरोपमा उनी २०७९ असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

२०७९ भदौ ५ गते सन्दीपले किशोरीलाई बोलाएर होटलमा लगी करणी गरेको उजुरीमा उल्लेख थियो।

जिल्ला अदाले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाइ गत पुस २९ गते छुटेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily