गोरखा– गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शहिद लखन गाउँपालिका-७ बुंकोटका पुरुषमा कोरोना भाइरस पुष्टि भएको गाेरखा अस्पताल, गोरखाले जनाएको छ। भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन्।
ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन्।
उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया