काठमाडाैं– छोटो समयको बौद्धिक विकास साथै आत्मरक्षा सम्बन्धि एक हप्ते तालिम सम्पन्न भएको छ । पुस २२ गतेदेखि माघ २ गतेसम्म चलेकाे कार्यक्रम काठमाडाैं महानगरपालिका वडा न २४ को सहयोग र आमा मेमोरियल फाउन्डेसन, नेपालको समन्वयमा सम्पन्न भएको हो ।
महिलाहरूको सशक्तीकरणका सवाल, चुनौती र भावी कार्यदिशाका सम्बन्धमा अध्ययन गर्दै एक हप्तासम्म चलेको उक्त कार्यक्रम सीमित श्रोत साधन र समयका बाबजुद पनि राम्रो भएको कार्यक्रमका वक्ताहरूले बताए ।
नेपाली कांग्रेसकी नेतृ तथा समाजसेवी सिर्जना सिंहको उपस्थितिमा एक समाराेहकाबीच कार्यक्रम सम्पन्न भएको संस्थाका सदस्य अशोक शर्मा भट्टले जानकारी दिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि सिंहले महिला सशक्तीकरणका सवाल, चुनौती र भावी कार्यदिशाका सम्बन्धमा संस्थाले लिएको अग्रसर र वडा तथा महानगरपालिकाले यस्ता कार्यक्रम हरेक वडामा पु¥याउनु पर्ने बताइन् । उनले महिलाले सुरक्षित भए मात्रै देश तथा समाजको समेत विकासमा टेवा पुग्ने बताउदैं यस्ता खालका कार्यक्रम अन्य वडामा पनि गर्नुपर्ने बताइन् ।
उनले आफू महानगरको मेयरमा पराजित भए पनि महिला सशक्तीकरण, चुनौती र भावी कार्यदिशाका बारेमा महानगरसंग सदैव हातेमालो गर्दै अघि बढ्न तयार रहेकाे बताइन् ।
वडा न २४ का वडाध्यक्ष विनोद कुमार राज भण्डारीले महिलाहरूको आर्थिक सशक्तीकरणका विविध आयामहरूको अवस्था विश्लेषण गर्दै यस क्षेत्रमा रहेका चुनौतीको समयमा नै समाधान गर्न आफू र वडा कार्यालय तयार रहेको बताए ।
कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र दिइएको थियो ।
प्रतिक्रिया