काठमाडौं– प्रभु मनि ट्रान्सफरले १ वर्षमा ३० करोड ९० लाख रुपैयाँ व्यापार गरेको छ ।
रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल लिमिटेड’का अनुसार प्रभुले सन् २०२३ मा उक्त रकम बराबरको व्यापार गरेको हो । यो सन् २०२२ को भन्दा करिब ३० प्रतिशतले कम हो ।
प्रभु ले सन् २०२२ मा ४४ करोड १० लाख, सन् २०२१ मा ५४ करोड ८० लाख र सन् २०२० मा ७० करोड रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सीले जनाएको छ ।४ वर्षमा यसको व्यापार ५५ प्रतिशतले घटेको छ ।
कम्पनीले १ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।
कमिसन र विदेशी विनिमय आम्दानीमा आएको कमीका कारण प्रभुको आम्दानी घटेको रेटिङ एजेन्सीले जनाएको छ । रेमिटेन्स व्यवसायमा वाणिज्य बैंकहरुबाट बढ्दो प्रतिस्पर्धा पनि आम्दानी घट्नुको कारण मानिएको छ ।
कम्पनीको लङ ट्रम १ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ कर्जाका लागि ‘केयर एनपी बीबी माइनस’ बाट ‘केयर एनपी बी’ रेटिङ परिमार्जन भएको छ । त्यसैगरी, सर्ट ट्रम १५ करोड रुपैयाँ कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टी भएको छ ।
प्रभु मनि ट्रान्सफर सन् २००२ मा स्थापना भएको रेमिटेन्स कम्पनीको हो । यसले नेपाल बाहिर २५ बैंक वित्तीय संस्थासँग साझेदारी गरेको छ । यसको ६ हजार बैंकिङ, ३ हजार व्यक्तिगत एजेन्ड र ३ सहकारी एजेन्हडरु छन् ।
प्रतिक्रिया