+
Search

ताजा अपडेट +

पपुलर +

विकास बैंकहरुले ५ महिनामा २ अर्ब १६ करोड नाफा कमाए, कुनले कति ?

4KNationalDaily
२०८० माघ ४, बिहीबार १०:२७ बजे

काठमाडौं– राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् ।

कात्तिक मसान्तसम्ममा भने १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुको नाफा एक महिनामै ६१ करोड रुपैयाँले बढेको देखिन्छ ।

५ महिना अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसअवधिमा यसले ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

अरु बैंकको नाफा १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँबीचमा रहेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily