+
Search

ताजा अपडेट +

पपुलर +

मिर्मिरे लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण, प्रमुख सूचक कस्ता छन् ?

4KNationalDaily
२०८० माघ ४, बिहीबार १२:३६ बजे

काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८% ले घटेर ३ करोड ४० लाख ५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ८१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २५.८४% ले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, सञ्चालन नाफा पनि ४१.४८% ले घटेर ४ करोड ८५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयााँ ४१ पैसा छ । खराब कर्जा ४.५१% छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily