काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीको पदावधि शुक्रबार सकिएको छ।
लघुवित्तको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि नायब महाप्रबन्धक दीपक निधि तिवारीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ।
समितिको बिहीबार बसेको बैठकले माघ ६ गतेदेखि लागू हुने गरी तिवारीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको लघुवित्तले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया