काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा पनि २८.०३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख ४७ हजार रुपैयाँमा आएको छ ।
खराब कर्जा ०.६२ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ ।
चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।
प्रतिक्रिया