+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन बैंकले ५७.५३ प्रतिशतले बढायो नाफा, छ महिनामा कमायो डेढ अर्ब

4KNationalDaily
२०८० माघ ९, मंगलवार १४:१८ बजे

काठमाडौं– हिमालयन बैंकले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ५० करोड ३९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

बैंकले गत आवको समीक्षा अवधि भन्दा ५७.५३ प्रतिशतले नाफा बढाएको हो ।

गतवर्ष ९५ करोड ४७ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ ।

बैंकको खराब कर्जा बढेर ४.९५ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ प्रतिशेयर नेटवर्थ १६२.१७ रुपियाँ छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपियाँ र जगेडा कोषमा १७ अर्ब ९८ करोड रहेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily