+
Search

ताजा अपडेट +

पपुलर +

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आराेपमा विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

4KNationalDaily
२०८० माघ १८, बिहीबार १३:५९ बजे

काठमाडौं– काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ।

थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो।

अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उनी विनाेद चाैधरीका कान्छा भाइ हुन् । समाचार स्राेतका अनुसार साे।समुहले ३७ बर्षअघि नै हडपेका थिए । अहिले साे सरकारी जग्गामा स्वामित्व पनि चाैधरी समुहकै रजगज छ ।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily