+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको गरे अवलोकन, ‘अपग्रेड गरेर सञ्चालन गर्नुपर्छ’

4KNationalDaily
२०८० माघ २०, शनिबार २०:३२ बजे

उदयपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिकका-६, जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए।

सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए।

उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो।

नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily