+
Search

ताजा अपडेट +

पपुलर +

दिपायल सिलगढीका मेयर खड्का पक्राउ

4KNationalDaily
२०८० माघ २०, शनिबार २१:२९ बजे

डोटी– दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले चलाएको गाडीले एक जनालाई ठक्कर दिएको छ ।

धनगढीबाट दिपायल आउँदै गरेको नगरपालिकाको से १ ज ३१७ नं. को गाडीले पैदलयात्री कैलालीको चुरे गाउँपालिकाका ५५ वर्षीय पदम सुनारलाइ ठक्कर दिएको प्रहरी कार्यालयले जनाएकाे छ ।

घटना चुरे गाउँपालिका–५ निगलाडी भन्ने ठाउँमा भएको हो । घाइतेको अवस्था सामान्य रहेको र उनको कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

नगरपालिकाको गाडी र चालक नगर प्रमुख इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily