+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै, १० वर्षमा परिपक्व हुने

4KNationalDaily
२०८० माघ २२, सोमबार १०:१९ बजे

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले फागुन १ गतेदेखि ४ गतेसम्म जारी गर्ने छ। यो समयमा बिक्री नभए १५ गतेसम्म बिक्री खुला राख्ने छ।

बैंकले ‘१० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९०’ नाम दिएर ऋणपत्र जारी गर्न लागेको हो। बैंकले वार्षिक १० प्रतिशतका दरले ब्याज दिने छ। निक्षेपको ब्याज दर घटिरहेका बेला बैंकले दोहोरो अंकमा भुक्तानी गर्ने छ।

बैंकले कुल ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ। यसमध्ये एक अर्ब ६१ करोड ६० लाख रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ।

बाँकी रहेको २ अर्ब ४३ करोड ४० लाख प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने छ। बैंकको एउटा ऋणपत्रको मूल्य १००० रुपैयाँ तोकिएको छ।

आवेदन दिनेले कम्तिमा २५ कित्तासम्म दिनु पर्छ। बढीमा १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily