+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

4KNationalDaily
२०८० माघ २३, मंगलवार १०:०९ बजे

काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरको छ।

फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने छुट योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउने छन्।

बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटको अनुभव सुनिश्चित गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily