काठमाडौं- हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कूल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
हिमालय रि-इन्यारेन्स कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ। नेपाल बिमा प्राधिकरणले आगामी १ वर्षभित्र कम्पनीलाई पुँजी २० अर्ब पुर्याउन निर्देशनसमेत दिएको छ।
प्रतिक्रिया