काठमाडौं– कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ।
बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो।
अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो। गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया