+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकका ग्राहकले ‘हेयर एन्ड शान्ति’बाट सेवा लिँदा छुट पाउने

4KNationalDaily
२०८० फाल्गुन ६, आईतवार ०८:५९ बजे

काठमाडौं- नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन्।

यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एन्ड शान्तिबीच समझदारी गरिएको हो।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एन्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।

हेयर एन्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको कम्पनी हो।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily