काठमाडौं– ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम नगरपालिका-१२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७५ पुगेको छ।
फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा १२ का अध्यक्ष कमल प्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले शाखारहित बैंकिङ सेवाको संयुक्तरुपमा उद्घाटन गरे।
शाखारहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन्।
निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायत सेवा ग्राहकले लिन सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया