+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा, ग्राहकले नै खाता एक्टिभेट गर्न सक्ने

4KNationalDaily
२०८० फाल्गुन ९, बुधबार २१:४७ बजे

काठमाडौं– माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवा सुरु गरेको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवा सुरु गरेको बैंकले जनाएको छ।

यो सेवाको सुरुवातसँगै नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन्। भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकले केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्नका लागि बैंकमा धाउनु पर्दैन।

यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपालीले चौबिसै घण्टा अनलाइनबाट बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ।

नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित तथा ग्राहक पहिचान अनलाइन भिडियो मार्फत गर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily