काठमाडौं– कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ। प्रशासन र प्राविधिक तर्फ गरि कूल ११२ जनाको माग गरिएको छ।
बैंकले प्रशासनतर्फ ८ औं तहको शाखा प्रमुख दुईजना, ७ औं तहको वरिष्ठ लेखा अधिकृत (सी ए) दुई जना, ६ तहको व्यवसाय अधिकृत ३२ जना, ५ तहको व्यवसाय सहायक १६ जना, ५ तहको कानुन सहायक एकजना र ४ तहको लेखापाल ४६ जनाको लागि दरखास्त आह्वान गरेको छ।
यस्तै, प्राविधिक तर्फ ६ तहको कम्पयुटर अधिकृत दुईजना, इन्जिनियर आइटी एकजना, कर्जा अधिकृत ६ जना, ५ तहको कर्जा सहायक ३ जना र ५ तहको ओभरसियर एकजना माग गरिएको छ।
बैंकले आवेदन दिन चाहनेका लागि निश्चिच मापदण्ड तय गरेर सूचना जारी गरेको छ। इच्छुक व्यक्तिहरुले फागुन ११ गतेदेखि चैत १ गतेसम्म र दोब्बर दस्तुरमा चैत ८ गतेसम्म तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
हेर्नुस बैंकको सूचना:
प्रतिक्रिया