+
Search

ताजा अपडेट +

पपुलर +

अपराधीको कुनै पार्टी या जात हुँदैन : राजेन्द्र बजगाईँ

4KNationalDaily
२०८० फाल्गुन ११, शुक्रबार १३:५० बजे

काठमाडौं– प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधीलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए ।

मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ ।

क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए ।

ललिता निवासको मुद्दाको फैसला आएपछि भू-माफियाहरूको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए ।

साथै, उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily