+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकमा २ सञ्चालक समिति सदस्य नियुक्त

4KNationalDaily
२०८० फाल्गुन ११, शुक्रबार १९:१८ बजे

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा.रामप्रसाद ज्ञवाली नियुक्त भएका छन्।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानासमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily