काठमाडौं– सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर सेयर जारी गरेको हो।
कम्पनीको जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ। कम्पनीले जारी पुँजीको १२.९० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गर्न लागेको हो। यसको अंकित मूल्य १०० रुपैयाँ हो। तर, सर्वसाधारणले भने एक कित्ताका लागि ३६०.९० रुपैयाँ हाल्नुपर्ने छ।
कम्पनीले बिक्रीका लागि छुट्याएमध्ये सर्वसाधारणले जम्मा २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि दाबी गर्न पाउने छन्।
कम्पनीको सेयरमा कम्तीमा ५० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। अर्थात एकजनाले सेयर भर्दा १८ हजार ४५ रुपैयाँ लगानी गर्नुपर्छ।
प्रतिक्रिया