+
Search

ताजा अपडेट +

पपुलर +

सङ्खुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

4KNationalDaily
२०८० फाल्गुन १४, सोमबार २१:३७ बजे

काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सङ्खुवासभाको चैनपुर नगरपालिका-३, पोखरीबजारमा २८७ औँ शाखा विस्तार भएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् ।

न्यायाधीश फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

शाखा कार्यालय पोखरीबजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily