+
Search

ताजा अपडेट +

पपुलर +

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

4KNationalDaily
२०८० फाल्गुन १५, मंगलवार १३:१० बजे

काठमाडौं– त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily