+
Search

ताजा अपडेट +

पपुलर +

नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित

4KNationalDaily
२०८० फाल्गुन १५, मंगलवार १४:५५ बजे

काठमाडौं– त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily