+
Search

ताजा अपडेट +

पपुलर +

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि बन्यो, यस्ता छन् योग्यता

4KNationalDaily
२०८० फाल्गुन १६, बुधबार ०९:०९ बजे

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त अध्यक्ष नियुक्तिका लागि कार्यविधि तयार भएको छ।

मंगलबार अर्थ मन्त्रालयले सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि–२०८० सार्वजनिक गरेको हो।

बोर्डको रिक्त अध्यक्ष नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनका लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनुसूची–१ बमोजिमको सूचना प्रकाशन गरी आवेदन माग गर्नुपर्नेछ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा २ बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम योग्यता भएको, नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेकालाई अध्यक्षमा चयन गर्ने कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily