+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा गाेरखाका पालिका

4KNationalDaily
२०८० फाल्गुन १६, बुधबार ०९:३४ बजे

गोरखा- स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा गोरखाका पालिकामध्ये बारपाक-सुलिकाेट गाउँपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा बारपाकले ९९ अङ्क प्राप्त गरेर हो ।

बारपाकले १०० पूर्णअंक मा ८७.५ ल्याएको छ । गण्डकीको ८०.५, शहीद लखनको ७५.५, अजिरकोटकाे ७५.५ अंक छ । भीमसेन गाउँपालिकाको ७५, सिरानचोक गाउँपालिकाको ७०, गोरखा नगरपालिकाको ६६, चुमनुब्री गाउँपालिकाको ५० पाएका छन् ।

जिल्लाको पालुङटार नगरपालिका, आरूघाट र धार्चे गाउँपालिकाले विवरण भने सार्वजनिक भएको छैन । विवरण सार्वजनिक नभएको स्थानीय तहको विकास बजेट कटौती हुने मन्त्रालयको दाबी छ ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रका आधार मूल्याङ्कन गर्ने गर्छ ।

एफआरएमा परेका पालिकाहरूले यो पटक लेखांकन तथा प्रतिवेदनलाई विशेष जोड दिएका थिए भने अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण कम महत्त्व दिएका थिए ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।

मन्त्रालयका अनुसार पालिकाको पृष्ठपोषण सहित जिल्ला समन्वय समितिबाट जिल्लाका ११ वटा पालिका प्रारम्भिक नतिजा निकालिएको थियो । तर सबै प्रक्रिया पुरा गरेका ८ वटा पालिकाको मात्र अन्तिम नतिजा मन्त्रालयले प्रकाशन गरेको हो ।

पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएको थियो ।

स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily