+
Search

ताजा अपडेट +

पपुलर +

यूईएफए च्याम्पियन्स लिग : रियल मड्रिड पनि पुग्यो क्वार्टरफाइनलमा

4KNationalDaily
२०८० फाल्गुन २४, बिहीबार १०:१२ बजे

काठमाडौं- रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा आरबी लाइप्जिगविरुद्ध संघर्षपूर्ण बराबरी गरेको रियलले समग्रमा २–१ को नतिजा निकाल्दै अन्तिम आठमा पुगेको हो।

खेलको दोस्रो लेगमा १–१ को बराबरी गरेको रियलले पहिलो लेगमा १–० को जित निकालेको थियो।

खेलको ६५ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। तर ६८ औँ मिनेटमा विलि ओर्बनको गोलमा लाइप्लिज बराबरीमा फर्कियो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा रियल पहिलो लेगको आधारमा नै अन्तिम आठमा पुगेको हो।

यसअघि म्यानचेष्टर सिटी, बायर्न म्युनिख र पिएसजी अन्तिम आठमा पुगिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily