+
Search

ताजा अपडेट +

पपुलर +

म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

4KNationalDaily
२०८० फाल्गुन २४, बिहीबार १०:२५ बजे

काठमाडौं- साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदान इतिहाद रंगशालामा सिटीले लेगको दोस्रो खेलमा एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको छ।

पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को नतिजा निकालेको हो।

लिगमा सबै गोल पहिलो हाफमा भएका थिए। खेलको पाँचौँ मिनेटमा नै म्यानुएल अकान्जीको गोलमा सिटीले अग्रत बनायो। खेलको नवौँ मिनेटमा जुनियर अल्भारेजले सिटीका लागि अर्को गोल थपे।

खेलको २९ औँ मिनेटमा मोहमद एल्युनुसीको गोलमा कोपेनहेगनले गोल फर्काएको थियो।

तर पहिलो हाफको इन्ज्युरी समयमा एर्लिङ हालान्डको गोलमा सिटीले पहिलो हाफमा नै ३–१ को अग्रता बनायो।

सिटी च्याम्पियन्स लिगमा घरेलु मैदानमा पछिल्ला ३० खेल यता अपराजित छ। यो सँगै लिगमा लगातार १० खेलमा जित निकाल्ने सिटी पहिलो इंग्लिस टोली हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily