+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसलाई प्रधानमन्त्रीको संसदबाट जवाफ- आफूसँग हुँदा इमान, छोडेपछि बेइमान ?

4KNationalDaily
२०८० फाल्गुन २४, बिहीबार १३:५४ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गरे।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’

साथै, उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताए।

‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उनले भने, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’

नयाँ सत्ता समीकरणलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाको आधारमा हेर्नुपर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily