काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य घटेको छ भने अरु धेरै विदेशी मुद्राको बढेको छ। बेलायती पाउन्ड, युरोपियन युरो, अस्ट्रेलियन डलर, कुवेती र वहराइन दिनारसहित धेरै विदेश मुद्राको मूल्य आज बढेको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बुधबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्यमा लगातार गिरावट आइरहेको छ।
आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ७५पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा थियो।
प्रतिक्रिया