काठमाडौं। चालु आर्थिक वर्ष ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमेटेन्स भित्रिएको छ। यो रकम पोहोर ७ महिनाको तुलनामा २१.६ प्रतिशत बढी हो।
माघ महिनामा रेमिटेन्स घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघमा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ रेमिटेन्स आएको छ।
यो रकम पुसको तुलनामा १४ अर्ब रुपैयाँभन्दा कम हो। पुसमा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
प्रतिक्रिया