+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय सरकारलाई प्रशासकीय अधिकृत छान्न दिनुपर्छ : मन्त्री जोशी

4KNationalDaily
२०८० फाल्गुन ३०, बुधबार ०९:३९ बजे

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकारलाई नै प्रशासकीय अधिकृत छान्न दिनुपर्ने बताएका छन् ।

मंगलबार नेपाल नगरपालिका संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय तहलाई संविधानले नै सरकारको मान्यता दिएको भन्दै संविधानले दिएको अधिकारलाई संघबाट हस्तक्षेप गर्नु नहुने बताए ।

उनले आफ्नो सचिव स्थानीय सरकारले नै छान्न पाउनुपर्ने कुरामा आफू सहमत रहेको बताए ।

उनले संघीय निजामति सेवा ऐन चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले ६ महिनाको अर्धवार्षिक समीक्षामा सरकारको विकास खर्च करिब ६३ अर्ब रहेको बताए । उनले साधारण खर्च साढे ५ खर्ब भन्दा बढी भएको र झन्डै डेढ खर्बको हाराहारीमा ऋण लिएर साधारण खर्चको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।

मन्त्री जोशीले तीन तहकै सरकार मिलेर काम गर्न जरुरी रहेको बताए । उनले देशमा एक खालको निराशा कायम रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily