+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभा बैठक बस्दै, निजामती सेवा विधेयक पेश गर्ने तयारी

4KNationalDaily
२०८० चैत्र १, बिहीबार ०९:०८ बजे

काठमाडाै– संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समय सञ्चालन हुने सम्भावित कार्यसुचिमा उल्लेख छ ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक, ०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, ०८०’ संसदमा प्रस्तुत गर्नेछन् । सरकारले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, ०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

आजकै बैठकमा आर्थिक बर्ष ०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) का विषयमा छलफल सुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily