काठमाडौं- काठमाडौं चक्रपथ सुधार योजनाले सडकमा टाँगिएको आफ्नो आयोजनासम्बन्धी होर्डिङ बोर्ड ३ दिनभित्र हटाउन सूचना जारी गर्दै यस अवधिभित्र नहटाए कारबाही गर्ने चेतावनी दिएको छ।
कलंकी–महाराजगन्ज सडकमा ‘यो काठमाडौँ महानगरपालिकाको मातहत पर्दैन’ भनी राखिएको होर्डिङ बोर्ड हटाउन चक्रपथ सुधार योजनाले भनेको हो।
चक्रपथ सुधार योजनाको सूचनामा भनिएको छ, ‘काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत यसअघि कोटेश्वरदेखि कलंकी सम्म फस्ट फेजको कार्य भई कलंकीदेखि वसुन्धारा पुलसम्म सेकेन्ड फेजमा काम गर्नेगरी चीन सरकार र नेपाल सरकारबीच सन् २०१८ जनवरी १७ मा एमओयू भई नेपाल सरकारका तर्फबाट साइट क्लियर गर्ने कार्य सम्पन्न भइसकेपश्चात् डिटेल इन्जिनियरिङ डिसिजनलगायतका कार्य चिनियाँ पक्षबाट गर्नेगरी टेक्निकल कन्फर्मेसनसमेत भइसकेको छ। तर खरिद कारबाही एवं सम्झौता नै नभएको हालको अवस्थामा उक्त खण्डको विभिन्न स्थानमा नेपाल सरकार र सांघाई कन्स्ट्रक्सन कम्पनी (चीन) बीच सम्झौता भएको जनाई सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नुपर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पूर्वस्वीकृति बिना नै सडकसीमाभित्र यो काठमाडौँ महानगरपालिका मातहत पर्दैन उल्लेख गरी होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को बर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र होडिङ बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ। अन्यथा सोही ऐनको दफा १९ (३) अनुसार सडक विभागले नै हटाई दफा ३० बमोजिम कारबाही प्रक्रियाअगाडि बढाइने बेहोरासमेत जानकारी गराइएको छ।’
प्रतिक्रिया