+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक विद्यालयलाई महानगरपालिकाकाे निर्देशन- सटर भाडा सम्झौता नवीकरण नगर्नु

4KNationalDaily
२०८० चैत्र ३, शनिबार २१:२५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

महानगरको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।

विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily