+
Search

ताजा अपडेट +

पपुलर +

सर्वाेत्तम सिमेन्टकाे आइपीओ सूचीकृत, ओपनिङ रेन्ज अधिकतम ५५६.८ रूपैयाँ

4KNationalDaily
२०८० चैत्र ६, मंगलवार ०९:५१ बजे

काठमाडौं– सर्वोत्तम सिमेन्टको साधारण सेयर(आइपीओ) सूचीकरण भएको छ। सोमबार नेप्से र सर्वोत्तम सिमेन्टबीच ४ करोड ६५ लाख कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको हो।

याे सँगै मंगलबारबाट सर्वोत्तमको सेयर दोस्रो बजारमा कारोबार हुनेछ। सर्वाेत्तमलाई नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १८५. ३६ रुपैयाँ देखि अधिकतम ५५६.८ तोकेको छ।

कम्पनीको एसएआरबीटीएम संकेतमा यसको कारोबार खुला हुने नेप्सेले जनाएको छ।

नेपाली सेयर बजारमा सर्वोत्तम बुकिङ विधिमार्फत पहिलाेपटक आईपीओ निष्कासन गर्ने कम्पनी हो। कम्पनीले गत फागुन १३ गते सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily