+
Search

ताजा अपडेट +

पपुलर +

बयानका लागि सरकारी वकिलको कार्यालय पुगे विनोद चौधरी

4KNationalDaily
२०८० चैत्र ८, बिहीबार ०९:२६ बजे

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिन सुरु भएको छ। उनी बयान दिनका लागि बिहीबार बिहान जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्।

पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीसँग सरकारी वकिल कार्यालयका प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएको छ।

काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बयानको लागि बोलाएको हो।

सीआईबीले चौधरीमाथि अनुसन्धान भइरहेको भनी बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराएको थियो।

स‌ंसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले सरकारी जग्गा घोटालामा अनुसन्धान गरिरहेको जानकारी गराएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily