+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल मनी विक: राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता अभियान सञ्चालन

4KNationalDaily
२०८० चैत्र ८, बिहीबार ०९:५३ बजे

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबल मनी विक ०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

राष्ट्र बैङ्कले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily