काठमाडौं- कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्धन र उद्यमीलाई सशक्तिकरण गर्ने प्रयास थालेको छ। बैंकले बिहिबार वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र कलाकार दीपाश्री निरौलाले भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेका हुन्।
भिडियो श्रृंखला र पुस्तकमा व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा लगायत विषय समेटिएको बैंकले जनाएको छ।
भिडियो र पुस्तकले खासगरी साना तथा मझौला व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ। भिडियो श्रृंखलामा दीपाश्री, दमन रुपाखेती, शिवशंकर रिजाल लगायत कलाकारको अभिनय छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन पुस्तक र भिडियो तयार पारेको बताए।
प्रतिक्रिया