काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटवड भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा थियो।
प्रतिक्रिया