+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले सडकमा राखेका सूचना बोर्ड नै चोरिए

4KNationalDaily
२०८० चैत्र १४, बुधबार ०९:०८ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको सूचना बोर्ड नै चोरिएको छ।

सूचना बोर्ड चोरिएपछि काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले जिल्ला प्रहरी परिसरमा उजुरी दिएका छन्।

पाण्डेका अनुसार कंलकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै नबनेपछि कार्यालयमा जनगुनासो बढेको थियो।

चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएपछि समस्यामा परेका महानगरवासीको जनगुनासोलाई सम्बोधन गर्न कंलकीदेखि बसुन्धरासम्म ९ स्थानमा सूचना बोर्ड राखिएको थियो। तर, ती सूचना बोर्डहरू सबै चोरिएका छन्।

‘चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी-महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माणको जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनीसमेत उल्लेखित थियो। ती बोर्डहरु हाल उक्त स्थानमा नरहेकोले चोरी भएकोबारे आवश्यक छानबिन र अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न निर्देशानुसार अनुरोध गरिन्छ,’ पाण्डेले परिसरमा दिएको उजुरीमा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily