+
Search

ताजा अपडेट +

पपुलर +

आयोजना दलीय दलदलमा फसेका छन्, यस पटक उतार्छौं : प्रधानमन्त्री

4KNationalDaily
२०८० चैत्र १५, बिहीबार २०:४० बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूर्वाधार आयोजना दलीय दलदलमा फसेको भन्दै आगामी आर्थिक वर्षबाट यो स्थिति नरहने बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि काम नभएर बसेका सयौं आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिने उनले बताए ।

अब संघीय सरकारले लामो समयदेखी अल्झिएर बसेका आयोजनामा १०/१५ लाख रुपैयाँ बजेट राखेर थप नबल्झाउने उनले बताए ।

नेपालमा आयोजनाहरु दलीय दलदलमा फसेको उनको भनाइ छ । यो अवस्था आगामी आवबाट समाधान गरिने उनको प्रतिबद्धता छ ।

उनले आयोजनाको प्राथमिकीकरण गरी बजेटमा राख्न समेत सरोकारवालालाई निर्देशन दिए । नयाँ आयोजना राख्दा जनतामा आशा जगाउने गरी मात्र राख्न उनले निर्देशन दिए ।

कामको परम्परा शैली बदल्नु पर्ने भन्दै राजस्व बढाउने गरी काम गर्न समेत उनले निर्देशन दिए ।

‘राजस्व उठ्दैन भन्ने होइन, उठाउन सक्छौं भन्ने गरी सोचौं,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily