+
Search

ताजा अपडेट +

पपुलर +

ढुंगागिट्टी-बालुवा सम्बन्धी विधेयक छिटो टुगिन्छ : प्रधानमन्त्री

4KNationalDaily
२०८० चैत्र १५, बिहीबार २०:४१ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी-बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए ।

यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ ।

उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयेगले उठाएका विषयलाई गम्भीर रुपले लिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily