+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

4KNationalDaily
२०८० चैत्र १५, बिहीबार २०:४३ बजे

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख ०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उपाध्याय बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्याय बैंकमा संस्थापना कालदेखि कार्यरत छन् । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनी अध्यापन पेशामा संलग्न थिए ।

१५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल ०८० चैत मसान्तमा सकिँदै छ ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत ०८० देखि लागु हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily