+
Search

ताजा अपडेट +

पपुलर +

महाराजगञ्ज नगरपालिकाका वडाअध्यक्ष १५ हजार घुससहित पक्राउ

4KNationalDaily
२०८० चैत्र १८, आईतवार १९:४२ बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरेको छ ।

घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार लिएको अवस्थामा उनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यकक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily